प्रधानमन्त्री छलफलमा बस्दा मन्त्री सञ्जालमा दलको आलोचनामा व्यस्त

काठमाडौं : निर्वाचनको माहौल बनाउन अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की दलहरूसँग संवादमा बसिरहँदा सरकारका मन्त्री महावीर पुनले दलको आलोचना गर्दै ट्विट गरे।
पर्यवेक्षकसहित ११ दलका नेताहरूसँग कार्की छलफलमा बसेकी थिइन्। मन्त्री र आफ्नो सल्लाहकार समूहसहितको बैठक उनले पहिलो पटक बोलाएकी हुन्।
शिक्षामन्त्री पुनले ट्विट गर्दै मन्त्रालयको हरेक क्षेत्रमा कुशासन र चरम भ्रष्टाचार नगरेको भए र चाकरीवाजहरुलाई पालन पोषण नगरेको भए जेन-जीको आन्दोलनै नहुने लेखे।
विघटन गरिएको सरकारले र राजनैतिक पार्टीहरूले जेन-जी समूहलाई अव्यवस्था र विध्वंसको दोष दिएर आफूहरू दोष मुक्त हुन नसक्ने उनको तर्क छ।
२०४६ मा भ्रष्टाचार र कुशासनलाई हटाउनका लागि जन आन्दोलन गर्दा अहिलेका बुढा नेताहरू जेन-जी जस्तै उमेरको भएको उनले लेखेका छन्।
कात्तिक ४, २०८२ मंगलबार १८:०८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।