प्रधानमन्त्री कार्कीविरुद्ध भ्रम फैलाएको आरोपमा प्रहरीले स्वागत नेपाललाई कार्यालय बोलायो

प्रधानमन्त्री कार्कीविरुद्ध भ्रम फैलाएको आरोपमा प्रहरीले स्वागत नेपाललाई कार्यालय बोलायो

काठमाडौं : राजतन्त्रको पक्षमा सक्रिय स्वागत नेपाललाई प्रहरीको साइवर ब्युरोले बोलाएको छ। उनलाई अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध भ्रम फैलाएको आरोपमा प्रहरीले ब्युरोको कार्यालयमा बोलाएको हो।

पत्रकार तथा लेखक रहेका नेपाल अधिवक्ताको रूपमा सक्रिय हुँदै राजनीतिमा संलग्न भएका थिए। गत निर्वाचनमा झापाबाट उम्मेदवार बनेर झिनो मतले पराजित भएका उनी चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनको आयोजक संस्थाको प्रवक्ता बनेका थिए।

प्राय सामाजिक सञ्जालहरूमा उत्तेजक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका उनी तीनकुने घटनापछि निष्क्रिय थिए। जेन-जी आन्दोलन र त्यसपछि बदलिएको राजनीतिक माहौलपछि उनी सामाजिक सञ्जालहरूमा पुन सक्रिय भएका थिए।

कात्तिक ४, २०८२ मंगलबार १६:१६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।