नेवा चुली रिसोर्टमा प्रहरीको छापा, दुई लाख ३१ हजारसहित नौ जना समातिए

काठमाडौं : बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ चुनिखेलमा रहेको नेवा चुली रिसोर्टमा प्रहरीले छापा मारेर तास खेलेको आरोपमा नौ जना समातिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र बुढानीलकण्ठ प्रभागको टोलीले छापा मारेर दुई लाख ३१ हजार रुपैयाँ, १६ बुक तास सहित नौ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रिसोर्ट सञ्चालकसहित नौ जना छन्। सोर्हखुट्टे, जोरपाटीदेखिका व्यक्ती तास खेल्न चुनिखेल पुगेका थिए।
प्रहरीले तिहार लक्षित जुवा, लंगुरबुर्जासहितका खेल्ने र खेलाउने विरुद्ध कारबाही चलाए पनि यस पटक पटका नियन्त्रण भने गर्न सकेको देखिएन। अन्य वर्षको तुलनामा यस पटक अधिक पटका पड्किएका छन्।
कात्तिक ४, २०८२ मंगलबार ११:४३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।