मानव सेवा आश्रममा आश्रित एक पुरुषको मृत्यु

मानव सेवा आश्रममा आश्रित एक पुरुषको मृत्यु

चितवन : भरतपुर महानगरपालिका-३, बेलचोकस्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका एक पुरुषको आज बिहान मृत्यु भएको छ।

प्रहरीका अनुसार, आफ्नो नाम जगत पौडेल बताउने अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो।

आश्रमले दिएको जानकारीअनुसार, उनलाई गत असोज २८ गते बकुलहर अस्पतालबाट उद्धार गरी आश्रममा ल्याइएको थियो। उनको स्थायी ठेगाना भने खुल्न सकेको छैन।

बिहान करिब ६:३० बजे उनको मृत्यु भएको खबर पाएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलमा शव जाँच मुचुल्का तयार पारी पोस्टमार्टमका लागि शवलाई भरतपुर सरकारी अस्पताल पठाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कात्तिक ४, २०८२ मंगलबार ०९:५४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।