हमासलाई अमेरिकी राष्ट्रपतिको चेतावनी : ‘नसुध्रिए समाप्त पारिन्छ’

हमासलाई अमेरिकी राष्ट्रपतिको चेतावनी : ‘नसुध्रिए समाप्त पारिन्छ’

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई अत्यन्तै हिंसक समूहको संज्ञा दिँदै नसुध्रिए समाप्त पारिने चेतावनी दिएका छन्।

ह्वाइट हाउसमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीसँगै पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

ट्रम्पले भने, ‘हमास धेरै हिंसक रहँदै आएको छ। तर, अब उनीहरूसँग इरानको समर्थन छैन। उनीहरूसँग अब साँच्चै कसैको पनि समर्थन छैन।’

उनले थपे, ‘उनीहरू सुध्रिनुपर्छ र यदि त्यसो गरेनन् भने उनीहरूलाई समाप्त पारिनेछ।’

यो बयान यस्तो समयमा आएको हो जब इजरायल र हमासबीच हालै युद्धविराम भएको छ।

यद्यपि, गत हप्ता दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका थिए।

कात्तिक ४, २०८२ मंगलबार ०९:५०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।