मुलपानी नर्लिङगेटमा सडक दुर्घटना, स्कुटी चालकको मृत्यु

मुलपानी नर्लिङगेटमा सडक दुर्घटना, स्कुटी चालकको मृत्यु

काठमाडौं : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ।

बा ५ च ८३२० नम्बरको कारले बाप्र०२–०२७ प ६७३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–६ थली बस्ने ३६ वर्षीय मिङ्मार पाख्रिनको उपचारको क्रममा मृत्यु भएको हो।

कारको ठक्करबाट पाख्रिन आइतबार राति गम्भीर घाइते भएका थिए। उनको शङ्खरापुर अस्पतालमा उपचार भएको थियो। उपचारकोक्रममा उनको मृत्यु भएको हो।

कात्तिक ३, २०८२ सोमबार २३:१०:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।