विपिन जोशीको शव परिवारलाई बुझाइयो, गृह जिल्लामै अन्तिम संस्कार गरिने

काठमाडौं : इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ।
हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका जोशीको शव सोमबार काठमाडौं ल्याइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रिय झन्डाले ढाकिएको उनको शवमा श्रद्धाञ्जली अर्पण गरेका थिए।
जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए।
त्यसपछि सेनाको हेलिकप्टरमा राखेर उनको शव गृह जिल्लामा लगेर परिवारको सदस्यलाई हस्तान्तरण गरिएको थियो।
कात्तिक ३, २०८२ सोमबार २१:५५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।