आहै झिलिमिली झिल्ला

आहै झिलिमिली झिल्ला

तिहार दिदी-भाइ र दाजु बहिनीको प्रेमको चाड हो नै सँगै यो फूल र बत्तीको झिलिमिलीको चाड पनि हो। 

यम पञ्चक भनिने पाँच दिन मनाइने यो पर्वमा घरलाई विशेष रूपमा सिँगारेर बत्तीले सिँगारिन्छ।विशेष लक्ष्मी पूजाको दिन घर सिँगारेर झकिझकाउ बनाइन्छ। पहिला माटोको दियोको प्रयोग गरेर बत्ती बालिन्थ्यो, अहिले त्यसको स्थान इलेक्ट्रिक बत्तीले लिएको छ। 

विशेष शहरी क्षेत्र इलेक्ट्रिक बत्तीका कारण रातको समयमा पनि रङ्गीचङ्गी बत्तीको उज्यालोले निकै सुन्दर देखिन्छ। तिहारको लक्ष्मीपूजाको साँझ काठमाडौंको काँडाघारीबाट देखिएको यस्तै झिलिमिलीका केही तस्बिर:

कात्तिक ३, २०८२ सोमबार २१:००:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।