भागेको सार्वजनिक भएपछि खड्का नेपाल फर्किएको गृहमन्त्रीको दाबी

भागेको सार्वजनिक भएपछि खड्का नेपाल फर्किएको गृहमन्त्रीको दाबी

काठमाडौं : पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का भागेको दाबी गरेका गृहमन्त्री ओम प्रकाश अर्यालले उनी भागेकोबारे अन्तर्वार्ता छापिएपछि नेपाल फर्किएको तर्क गरे।

अर्यालले भागेको दाबी गरेका खड्का सोमबार बुढानीलकण्ठमा जलेको आफ्नै घर अगाडिबाट लाइभमा आएका थिए। सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो अन्तर्वार्तापछि खड्का नेपाल फर्किएको दाबी गरे। तर कहाँबाट फर्किएको भन्ने खुलाएनन्।

खड्काले भदौ २४ को घटनापछि आफ्नो श्रीमती ट्रमामा परेकाले उपचारका लागि भारत गएको दाबी गरेका थिए। सरकारले आफूलाई कुनै बन्देज नलगाएको तर भागेको भनेर चरित्रहत्या गरेको दाबी गरेका थिए। खड्काले पनि आफू भारत गएको र फर्किएको समय खुलाएनन्।

'उहाँ आफैँले भन्नुभएको छ,स्थलमार्गबाट भारत गएको थिएँ भनेर। उहाँ कहिले जानुभएको थियो? उहाँलाई सोध्नुपर्यो नि,' अर्यालले सोमबार भने, 'मैले कुन दिन बोलेको थिए, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो? अन्तर्वार्ता छापिएपछि आउनुभयो नि उहाँ त।'

 

कात्तिक ३, २०८२ सोमबार १७:४४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।