शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने, हङकङ सिक्सस् अन्तिम प्रतियोगिता

शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने, हङकङ सिक्सस् अन्तिम प्रतियोगिता

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी ब्याटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै हङकङमा आयोजना हुने ‘हङकङ क्रिकेट सिक्सस्’ प्रतियोगिता उनको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने जानकारी दिएको हो।

क्यानका अनुसार, भेषावकरले यही नोभेम्बर ७ देखि ९, २०२५ सम्म हङकङमा हुने उक्त प्रतियोगितामा नेपाली टोलीको कप्तानी सम्हाल्नेछन्। प्रतियोगिता समाप्त भएसँगै उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई विश्राम दिनेछन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिममा लामो समयदेखि योगदान दिँदै आउनु भएका राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरले यस प्रतियोगितामा नेपालको कप्तानको रूपमा टिममा नेतृत्व गर्नुहुनेछ भने प्रतियोगिता पश्चात् उहाँले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने कार्यक्रम रहेको व्यहोरा समेत जानकारी गराउन चाहन्छौँ।’

क्यानले हङकङ सिक्सस् प्रतियोगिताका लागि शरदको कप्तानीमा ७ सदस्यीय टोलीको पनि घोषणा गरेको छ। हङकङ सिक्सस्का लागि घोषित नेपाली टोली:

१. शरद भेषावकर (कप्तान)
२. सन्दीप जोरा
३. मो. आदिल आलम
४. लोकेस बम
५. बसिर अहमद
६. रसिद खान
७. रुपेश कुमार सिंह

कात्तिक ३, २०८२ सोमबार १०:०४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।