गेमिङ लक्षित स्मार्टफोन ‘नुबिया नियो ३ जीटी फाइभजी’ नेपालमा सार्वजनिक

काठमाडौं : विश्व प्रसिद्ध प्रविधि कम्पनी जेडटिईले गेमिङका पारखीहरूलाई लक्षित गर्दै आफ्नो नयाँ स्मार्टफोन ‘नुबिया नियो ३ जीटी फाइभजी’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीले यसलाई शक्ति, गति र आकर्षक डिजाइनको सङ्गमको रूपमा प्रस्तुत गरेको छ।
१२ जीबी र्याम र २५६ जीबी स्टोरेज क्षमतामा उपलब्ध यो फोनको मूल्य ३६,९९९ रुपैयाँ तोकिएको छ।
नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोबाइल्समार्फत यसलाई शून्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दी सुविधामा पनि उपलब्ध गराइएको छ। जसअनुसार ग्राहकले १४,८०० रुपैयाँ डाउन पेमेन्ट गरेर फोन खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार फोनमा ६.७८ इन्चको ओएलईडी गेमिङ डिस्प्ले, फोनलाई तातो हुनबाट जोगाउन ४०८३ वर्ग मिलिमिटरको भीसी लिक्विड कुलिङ सिस्टम, सहज नियन्त्रणका लागि ‘शोल्डर ट्रिगर’ बटनहरू, २.७ गिगाहर्जको शक्तिशाली युनिसक टी९१०० प्रोसेसर र ८० वाटको फास्ट चार्जिङ सपोर्टसहितको ६००० एमएएच क्षमताको ब्याट्री छ।
आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र सुलभ मूल्यका कारण यो स्मार्टफोनले नेपाली गेमरहरूलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ।
कात्तिक ३, २०८२ सोमबार ०९:४४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।