गृहमन्त्रीले ‘भागे’ भनेका पूर्वमन्त्री जलेको घरबाट सार्वजनिक, आरोपको खण्डन

गृहमन्त्रीले ‘भागे’ भनेका पूर्वमन्त्री जलेको घरबाट सार्वजनिक, आरोपको खण्डन

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले ‘देश छाडेर भागेको’ आरोप लगाएका पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का सार्वजनिक भएका छन्।

गृहमन्त्रीको अभिव्यक्तिको खण्डन गर्दै खड्का बुढानीलकण्ठस्थित आफ्नो जलेको घरबाटै सार्वजनिक भएका हुन्।

हालै नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा गृहमन्त्री अर्यालले सरकारले सम्पत्ति छानबिनलाई तीव्रता दिएपछि खड्का देश छाडेर भागेको दाबी गरेका थिए।

अन्तर्वार्तामा उनले भनेका थिए, ‘तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ।’

गृहमन्त्रीको यही अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला खड्काले आफ्नो जलेको घरको निरीक्षणका क्रममा सार्वजनिक रूपमा देखा परेर त्यसको प्रतिवाद गरेका छन्।

कात्तिक ३, २०८२ सोमबार ०९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।