कोशी प्रदेशका पहाडमा फाटफुट वर्षाको सम्भावना

कोशी प्रदेशका पहाडमा फाटफुट वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति देशभरको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

महाशाखाको विश्लेषण अनुसार, हाल कुनै पनि उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएकाले आगामी २४ घण्टामा मौसममा ठूलो फेरबदलको सम्भावना देखिएको छैन।

कात्तिक ३, २०८२ सोमबार ०७:१२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।