जेन-जी आन्दोलनमा प्रहरीको हतियार खोसेर खोलैखोला लखेटेको आरोपमा घिसिङ पक्राउ

काठमाडौं : भदौ २४ को जेन-जी पुस्ताको आन्दोलनकाक्रममा प्रहरीमाथि आक्रमण गर्दै उनीहरूको हतियार लुटेको आरोपमा दोलखाको सैलुङ गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ पक्राउ परेका छन्।
काठमाडौं प्रहरी परिसरको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो। प्रहरीले घिसिङलाई पक्राउ गरे लगत्तै काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो। अदालतले उनीमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
आन्दोलनको दिनको भिज्योलको अनुसन्धान गर्नेक्रममा उनी वृत्तमा आक्रमण गरी त्यहाँ रहेका प्रहरीलाई लखेट्न र हतियार लुट्न संलग्न देखिएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका घिसिङको आपराधिक पृष्ठभूमि अध्ययन गर्दा उनी बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त रहेको समेत खुलेको छ। प्रहरी रेकर्डमा २०७९ असोज ४ र फागुन १० मा उनी विरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएपछि उनी फरार थिए।
कात्तिक २, २०८२ आइतबार २०:१५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।