बाबुल गिरीको स्टुडियोमा गायिकाद्वारा आत्मदाह प्रयास, सोधपुछका लागि गिरी प्रहरी कार्यालयमा

बाबुल गिरीको स्टुडियोमा गायिकाद्वारा आत्मदाह प्रयास, सोधपुछका लागि गिरी प्रहरी कार्यालयमा

काठमाडौं : गायक तथा सङ्गीतकार बाबुल गिरीको स्टुडियोमा एक युवतीले आत्मदाहको प्रयास गरेपछि प्रहरीले सोधपुछका लागि उनलाई  कार्यालय बोलाएको छ। शनिवार गिरीको अनामनगरस्थित स्टुडियोमा एक युवतीले आत्मदाहको प्रयास गरेकी थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार गिरीलाई घटनाबारे सोधपुछका लागि कार्यालय बोलाएको हो। शनिवार उनको स्टुडियोमा एक गायिकाले आत्मदाहको प्रयास गर्दै आफैँलाई आगो लगाएकी थिइन्। घटनामा गायक तथा सङ्गीतकार गिरी समेत सामान्य घाइते भएका थिए।

शनिवार दिउस गिरीको स्टुडियोमा पुगेकी एक युवती र उनीबीच विवाद भएको थियो। विवादकोक्रममा युवतीले साथमा बोकेको पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन्। युवतीको शरीरको माथिल्लो भाग जलेको थियो। आगो निभाउने प्रयास गर्दा गायक तथा सङ्गीतकार गिरीको हात लगायतका भाग जलेको थियो।

घटनाको कारण खुलेको छैन। बोल्न सक्ने अवस्थामा रहेकी युवतीलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुरमा राखिएको छ।

कात्तिक २, २०८२ आइतबार १३:२८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।