४ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

४ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य आज दिन भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो।

यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने घटेर तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको छ।
 

कात्तिक २, २०८२ आइतबार १२:३२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।