गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले आज (आइतबार) केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।
बैठकमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन्।
बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारिरहेको एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षा गर्ने र आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिने गृह मन्त्रालयले जनाएको छ।
कात्तिक २, २०८२ आइतबार ०८:४३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।