सुशीलालाई प्रधानमन्त्री बनाउन ओलीले पठाएको चिठी हेरिसकेको प्रचण्डको दाबी

काठमाडौं : माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको अन्तरिम सरकार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा बनेको दाबी गरेका छन्।
शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित दीपावलीको अवसरमा भएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले सरकारका विषयमा फैलाइएका हल्ला र आरोपहरूलाई असत्य बताए।
प्रचण्डले भने, ‘मैंले पहिले पनि भनेको छु-यो सरकार पहिलेका प्रधानमन्त्री केपी ओली काम चलाउ प्रधानमन्त्री भएको बेलामा ओलीकै सिफारिसमा बनेको सरकार हो हाहाहुहुमा बनेको भनेर जे भनिएको छ, त्यो झुट हो, सत्य होइन्।’
उनले राष्ट्रपतिलाई अन्तरिम सरकार गठनका लागि सिफारिस गर्ने व्यक्तिले अहिले अन्यथा बोलिरहेको भन्दै सिफारिसको चिठी आफूले हेरेको दाबी गरे। उनले भने, ‘हामीले उहाँले पठाएको चिठी हेरेका थियौं। राष्ट्रपतिलाई अन्तरिम सरकार गठनका लागि सिफारिस गर्ने व्यक्तिले अहिले अन्यथा बोलेर हुँदैन्।’
उनले अन्तरिम सरकारको काम निर्वाचन गराउने भएकाले त्यसलाई छाडेर अर्को नारा उठाउन थाले देशमा अराजक दुर्घटना निम्ताउने बताए।
कात्तिक १, २०८२ शनिबार १७:३७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।