दक्षिण कोरियामा हुने शिखर वार्तामा सीसँग भेट्ने ट्रम्पको तयारी

दक्षिण कोरियामा हुने शिखर वार्तामा सीसँग भेट्ने ट्रम्पको तयारी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा हुन लागेको एपेक शिखर सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तयारी भएको बताएका छन्।

फक्स न्यूजको कार्यक्रम ‘सन्डे मर्निङ फ्युचर्स’सँग कुरा गर्दै ट्रम्पले भने, हामी केही हप्तामै भेट्नेछौँ। दक्षिण कोरियामा राष्ट्रपति सी र अन्य नेताहरूसँग पनि बैठक तय भएको छ।”

ट्रम्पका अनुसार, एपेक शिखर सम्मेलनका अवसरमा सीसँग छुट्टै द्विपक्षीय वार्ता हुने पक्का भएको छ। उक्त सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म दक्षिण कोरियाको ग्योङजुमा हुँदैछ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा रहेको चीनसँगको व्यापार सम्बन्ध हाल तनावपूर्ण बन्दै गएको छ। दुर्लभ खनिजहरूमा चीनले हालै लगाएको नयाँ निर्यात प्रतिबन्धपछि ट्रम्पले करवृद्धिको चेतावनी दिएका थिए। उनले उक्त प्रतिबन्धलाई ‘असाधारण आक्रामक कदम’ बताएका थिए।

तर त्यसपछि सामाजिक सञ्जालमा ट्रम्पले लेखे, “अमेरिका चीनलाई चोट पुर्याउन होइन, सहयोग गर्न चाहन्छ।”

गत जनवरीमा पुनः सत्तामा फर्किएपछि ट्रम्प र सीबीच हुने यो पहिलो प्रत्यक्ष भेटवार्ता हुनेछ।

असोज ३१, २०८२ शुक्रबार २१:५४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।