तत्कालीन गृहसचिव दुवाडी उपत्यका बाहिर जान पाउने, विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध भने यथावत्

तत्कालीन गृहसचिव दुवाडी उपत्यका बाहिर जान पाउने, विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध भने यथावत्

काठमाडौं : भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गरिरहेको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीमाथि लगाइएको उपत्यका बाहिर जान नपाउने आदेश फुकुवा गरेको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध भने यथावत् नै रहनेछ। सार्वजनिक संरचना पुनर्निर्माण आयोजनाका संयोजक भएका कारण सातै प्रदेशमा भ्रमण गर्नुपर्ने आवश्यकता रहेको सरकारको आग्रहमा आयोगले व्यवस्था गरेको हो। 

आयोगले दुवाडीलाई जुनसुकै समयमा बयानका लागि उपस्थित हुनुपर्ने शर्तमा सात दिनका लागि उपत्यका छाड्न अनुमति दिएको जनाएको छ।

असोज ३१, २०८२ शुक्रबार १८:१६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।