सामोआविरुद्ध आशिफको अर्धसतक

सामोआविरुद्ध आशिफको अर्धसतक

काठमाडौं : आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत सामोआविरुद्धको खेलमा नेपाली ओपनर आशिफ शेखले शानदार ब्याटिङ प्रदर्शन गर्दै ६९ रनको योगदान दिएका छन्।

४० बल खेलेका आशिफले आक्रामक शैलीमा ब्याटिङ गर्दै सामोआका बलरहरूलाई दबाबमा राखे। उनी ६९ रन बनाएर आउट भए।

यसअघि नेपालले पहिलो विकेटका रूपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। भुर्तेलले १५ बलमा १७ रन जोडेका थिए।

ओमानको अल अमेरात मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पावरप्लेमा कुनै विकेट नगुमाई ६१ रनको बलियो सुरुवात गरेको थियो।

पहिले नै विश्वकपमा आफ्नो स्थान सुनिश्चित गरिसकेको नेपाल अहिले सामोआलाई हराउँदै एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटको उपाधि जित्ने लक्ष्यमा रहेको छ।

असोज ३१, २०८२ शुक्रबार १७:१७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।