नेपाल स्काउटको जग्गा भाडामा लिएर अस्पताल बनाउँदै काठमाडौं महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले नेपाल स्काउटको जग्गा भाडामा लिएर ‘महानगर अस्पताल’ निर्माण गर्ने तयारी गरेको छ। शुक्रबार बसेको महानगरको बोर्ड बैठकमा यस सम्बन्धी प्रस्ताव पेश गरिएको हो।
बैठकमा नेपाल स्काउटले उक्त जग्गा भाडामा दिन सैद्धान्तिक सहमति जनाइसकेको जानकारी दिँदै प्रस्ताव पेस गरिएको बताइएको छ। तर, बैठकमा केही सदस्यहरूले महानगर आफैं हाल भाडाको भवनमा बसेको र स्काउटको जग्गा खुला क्षेत्रको रूपमा जोगाइराख्नुपर्ने भन्दै आपत्ति जनाएका थिए।
नेपाल स्काउटको केन्द्रमा रहेको सो जग्गा यसअघि पनि विभिन्न प्रयोजनका लागि भाडामा दिइएको थियो। पार्टी प्यालेससहितका संरचना सञ्चालनमा आए पनि भाडा नउठेको विवाद भएपछि महानगरले हस्तक्षेप गरी ती संरचना खाली गराएको थियो।
असोज ३१, २०८२ शुक्रबार १५:५९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।