सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्समा १० प्रतिशत छुट

काठमाडौं : सिद्धार्थ बैंक र जर्मन होम्स् प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी एक सम्झौता भएको छ।
सम्झौता अनुसार, भक्तपुरको बालकोटमा अवस्थित जर्मन होम्समा सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले यस सम्झौताले आफ्ना ग्राहकहरूलाई छुटको सुविधा प्रदान गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ प्रोत्साहित गर्न मद्दत पुग्ने विश्वास लिएको छ।
असोज ३१, २०८२ शुक्रबार १४:००:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।