दक्षिण कोरियाको निर्यातमा उछाल, लगातार आठौं महिना दोहोरो अंकको वृद्धि

दक्षिण कोरियाको निर्यातमा उछाल, लगातार आठौं महिना दोहोरो अंकको वृद्धि

एजेन्सी : विद्युतीय उत्पादनहरूको बलियो मागका कारण दक्षिण कोरियाको निर्यातमा लगातार आठौँ महिना पनि दोहोरो अंकको वृद्धि देखिएको छ।

कोरियाको केन्द्रीय बैंक (बीओके) ले सार्वजनिक गरेको तथ्यांकअनुसार, सेप्टेम्बर महिनामा देशको निर्यात परिमाण १४.४ प्रतिशतले बढेको हो।

विस्तृत तथ्यांक अनुसार, कम्प्युटर, इलेक्ट्रोनिक तथा अप्टिकल उपकरणको निर्यात १६.९ प्रतिशतले बढेको छ, जुन लगातार सातौँ महिनाको दोहोरो अंकको वृद्धि हो।

त्यसैगरी, रासायनिक पदार्थ र यातायात उपकरणको निर्यातमा पनि दोहोरो अंकको वृद्धि देखियो भने तेल, धातु, मेसिनरी र विद्युतीय उपकरणहरूको निर्यातमा सामान्य वृद्धि भएको छ।

निर्यात परिमाणसँगै मूल्यमा पनि सुधार आएको छ। बीओकेका अनुसार, निर्यात मूल्य सूचकांक गत वर्षको सोही अवधिको तुलनामा १२.० प्रतिशतले बढेको छ, जुन लगातार चौथो महिनाको वृद्धि हो।

अर्कोतर्फ, सोही अवधिमा आयात परिमाण १३.७ प्रतिशत र आयात मूल्य ७.८ प्रतिशतले बढेको तथ्यांक छ।

यसैबीच, देशको व्यापार शर्त सूचकांकमा ३.२ प्रतिशतले सुधार आएको छ। निर्यात मूल्यको तुलनामा आयात मूल्यको वृद्धिदर कम भएकाले व्यापार सन्तुलन देशको पक्षमा रहेको हो।

असोज ३१, २०८२ शुक्रबार १३:४५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।