सुनको मूल्यमा ऐतिहासिक उछाल, तोलाको २ लाख ५८ हजार पुगेर नयाँ कीर्तिमान

सुनको मूल्यमा ऐतिहासिक उछाल, तोलाको २ लाख ५८ हजार पुगेर नयाँ कीर्तिमान

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ७ हजार १०० रुपैयाँले बढेर २ लाख ५८ हजार रुपैयाँ पुगेको हो। यो मूल्य हालसम्मकै उच्च हो।

महासंघका अनुसार यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १९५ रुपैयाँ कायम भएको छ।

यसैगरी, शुक्रबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबारको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

असोज ३१, २०८२ शुक्रबार ११:०८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।