जेनेभा उडे दाहाल

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर-व्यवस्थापिका सङ्घ (आईपीयू) को १५१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्विट्जरल्यान्डको जेनेभा उडेका छन्।
उनको नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) पनि छन्।
सङ्घीय संसद सचिवालयका अनुसार, जेनेभामा कात्तिक २ देखि ६ गतेसम्म आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन्। साथै, उनले विभिन्न देशका संसद प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।
प्रतिनिधिमण्डलका अन्य सदस्यहरूले भने सङ्घका स्थायी समितिका विभिन्न कार्यक्रममा भाग लिनेछन्। उक्त टोली कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
असोज ३१, २०८२ शुक्रबार १०:०५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।