राष्ट्रपति निवासमा जेन-जी समूहका प्रतिनिधनसँग छलफल, सुधन र मिरज छैनन्

काठमाडौं : राष्ट्रपतीको स्वास्थ्यका कारण स्थगित भएको जेन-जी समूहका प्रतिनिधीहरुसँगको छलफल शीतल निवासमा सुरु भएको छ। बिहीबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न जेन-जी समूहका प्रतिनिधीहरुलाई शीतल निवासमा बोलाएका हुन्।
प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसमेत रहेको छलफलमा सुधन गुरुङ, मिरज ढुंगाना, रक्षा बम लगायतका भने सहभागी छैनन्।
छलफलमा जेन-जी समूहको प्रतिनिधिको रूपमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी रहेको राष्ट्रपतीको निजी सचिवालयले जानकारी दिएको छ।
शनिवार विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग राष्ट्रपति पौडेलले छलफल गरेका थिए। आइतबार जेन-जी समूहका प्रतिनिधीहरुसँग छलफल गर्ने तयारीकैबीचमा उनको स्वास्थ्य अवस्था बिग्रिएपछि जेन-जीका प्रतिनिधीहरुसँग प्रधानमन्त्री कार्कीले छलफल गरेकी थिइन्।
असोज ३०, २०८२ बिहीबार १९:०४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।