अस्ट्रेलियाली ब्याटर डार्सी शर्ट लुम्बिनी लायन्समा अनुबन्ध

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अस्ट्रेलियाका ब्याटर डार्सी शर्ट नेपाल आउने भएका छन्। लुम्बिनी लायन्सले उनलाई आफ्नो टिममा अनुबन्ध गरेको जनाएको छ।
अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका शर्टले सन् २०१८ देखि २०२० बीच ८ एकदिवसीय र २० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनीसँग भारतीय प्रिमियर लिग (आइपिएल) र अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) जस्ता प्रतिष्ठित लिग खेलेको अनुभव समेत छ।
लुम्बिनी लायन्सले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अस्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका डार्सी शर्टलाई टोलीमा अनुबन्ध गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं। उनको आगमनले हाम्रो ब्याटिङ लाइनअप थप सुदृढ हुनेमा विश्वास छ।’
यो सिजनको एनपिएल मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको छ।
असोज ३०, २०८२ बिहीबार १८:३२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।