सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

काठमाडौं : सगरमाथाको पहिलो सफल आरोहण टोलीका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ।

सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए। उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुगेका थिए।

उनले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरे। शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा थिए।

उनको आज काठमाडौँ कपनस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

असोज ३०, २०८२ बिहीबार १५:४७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।