लिपमोटर बी-१० ले गर्‍यो एकै चार्जमा काठमाडौं-पोखरा-काठमाडौं यात्रा

लिपमोटर बी-१० ले गर्‍यो एकै चार्जमा काठमाडौं-पोखरा-काठमाडौं यात्रा

काठमाडौं : लिपमोटर बी-१० ले एकै चार्जमा काठमाडौं-पोखरा-काठमाडौंको पूरा यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ। नेपालको लोकप्रिय अटोमोटिभ कन्टेन्ट प्लेटफर्म ‘कारहरू’ले उक्त इलेक्ट्रिक कारको दक्षता र वास्तविक प्रदर्शन मूल्याङ्कन गर्न स्वतन्त्र रूपमा गरेको ‘रेञ्ज टेस्ट’मा यो उपलब्धि हासिल भएको हो।

‘कारहरू’को परीक्षण टोलीले लिपमोटरको उत्तरढोका (काठमाडौं) शोरुमबाट यात्रा सुरू गरेर पोखराको लेकसाइडसम्म पुगेपछि सोही दिन पुनः काठमाडौं फर्किएको थियो। करिब ४५० किलोमिटर दूरी तय गरेको यो यात्रामा गाडीले बीचमा एकपटक पनि चार्ज नगरी सफलतापूर्वक पूरा गरेको लिपमोटर नेपालले जनाएको छ।

कम्पनीका अनुसार यो परीक्षणले लिपमोटर बी-१० को ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि, र नेपालजस्ता विविध सडक अवस्थामापनि उत्कृष्ट प्रदर्शन गर्ने क्षमताको स्पष्ट प्रमाण प्रस्तुत गरेको छ।

लिपमोटर नेपालका प्रतिनिधिहरूका अनुसार यस सफल यात्राले इलेक्ट्रिक सवारीसाधनप्रतिको विश्वास थप बलियो बनाएको छ। उनीहरूले भने, ‘यो उपलब्धिले नेपालको इ-मोबिलिटी क्षेत्रमा दीर्घ दूरीमा पनि व्यावहारिक, भरपर्दो र आरामदायी यात्राको सम्भावना उजागर गरेको छ।’

असोज ३०, २०८२ बिहीबार १५:१९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।