बुद्ध एयरका सञ्चालक बस्नेतले खोले ‘गतिशील लोकतान्त्रिक पार्टी’

काठमाडौं : बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले नयाँ राजनीतिक दल गठन गरेको छ। दिनेश प्रसाईंको नेतृत्वमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ गठन गरिएको हो ।
प्रसाईंको नेतृत्वमा रहेको समूहले बिहीबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेको छ।
पार्टी संरचनामा एक जना अध्यक्ष, पाँच जना महासचिव र एक जना कोषाध्यक्ष रहने तयारी गरिएको छ। बाँकी सदस्य हुनेछन्। पार्टी पदाधिकारी चुनावमा उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ। यही कारण बस्नेत नेतृत्वमा नभई साधारण सदस्यको भूमिकामा रहने भएका छन्।
पियूष मिश्रलाई एक महासचिवको रूपमा चयन गरिएको छ। बाँकी चार महासचिव र कोषाध्यक्षबारे निर्णय केही दिनमै हुने बताइएको छ।
असोज ३०, २०८२ बिहीबार १४:४१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।