तिब्बतमा आतिशबाजी गर्ने कम्पनीलाई जरिवाना, चार चिनियाँ अधिकारी बर्खास्त

एजेन्सी : गत महिना तिब्बतमा कपडा बनाउने कम्पनी आर्क टेरिक्सले हिमालय क्षेत्रमा गरेको आतिशबाजी प्रदर्शनको चर्को आलोचना भएपछि चार चिनियाँ अधिकारीहरूलाई बर्खास्त गरिएको छ।
तिब्बतको एक क्षेत्रमा ‘राइजिङ ड्र्यागन’को आकृतिमा गरिएको उक्त आतिशबाजीको भिडियो सार्वजनिक भएको थियो। यो आतिशबाजीलाई लिएर वातावरणीय चिन्ता व्यक्त गरिएको थियो र यसको बहिष्कारसमेत गरिएको थियो।
आर्क टेरिक्स र यो शो डिजाइन गर्ने चिनियाँ आतिशबाजी कलाकार साई गो चियाङले पछि माफी मागेका थिए।
तिब्बतको शिगात्से शहरका अधिकारीहरूले बुधबार एक विज्ञप्तिमा भनेका छन् कि यस मामिलामा अन्य अधिकारीहरूमाथि पनि अनुसन्धान गरिएको छ र उनीहरूलाई चेतावनी दिइएको छ।
विज्ञप्तिअनुसार आर्क टेरिक्स र साई गो चियाङले क्षतिपूर्ति दिनुका साथै ‘वातावरणीय सुधार’मा मद्दत गर्नुपर्नेछ।
असोज ३०, २०८२ बिहीबार १२:१०:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।