सुनको मूल्यले तोड्यो सबै कीर्तिमान, तोलाको साढे २ लाख नाघ्यो

सुनको मूल्यले तोड्यो सबै कीर्तिमान, तोलाको साढे २ लाख नाघ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले बिहीबार ऐतिहासिक कीर्तिमान कायम गरेको छ। एकैदिन प्रतितोला २ हजार रुपैयाँले बढेर सुनको भाउ पहिलोपटक साढे २ लाख रुपैयाँको आँकडा पार गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ मा कारोबार भइरहेको छ।

यो मूल्य नेपालको इतिहासमै सबैभन्दा उच्च हो। बुधबार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार, चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उछालको प्रत्यक्ष असर नेपाली बजारमा परेको महासंघले जनाएको छ।

असोज ३०, २०८२ बिहीबार १०:५६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।