समयमै काम नसक्ने १७ निर्माण कम्पनी कालोसूचीमा

समयमै काम नसक्ने १७ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं : सरकारले सम्झौताअनुसार काम सम्पन्न नगर्ने १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना जारी गर्दै यस्तो कारबाही गरेको हो।

कार्यालयका अनुसार, विभिन्न सार्वजनिक निकायको सिफारिसमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) अनुसार ती कम्पनीहरूलाई कारबाही गरिएको हो।

तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगर्नु, सम्झौताका शर्तहरू उल्लङ्घन गर्नु र कामको गुणस्तर कायम नगर्नु नै उनीहरू कालोसूचीमा पर्नुको मुख्य कारण भएको बताइएको छ।

कालोसूचीमा परेका कम्पनीहरूलाई १ देखि २ वर्षसम्मको अवधिका लागि प्रतिबन्ध लगाइएको छ। यो अवधिभर उनीहरूले कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

असोज ३०, २०८२ बिहीबार ०८:४९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।