देशभरको मौसम सामान्यतया सफा, तीन प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) देशभरको मौसम सामान्यतया सफा रहनेछ।
हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले मनसुनपछिको मौसम स्थिर रहेको विभागले जनाएको छ।
विभागले जारी गरेको २४ घण्टे पूर्वानुमान अनुसार, आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
यद्यपि, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति भने देशभरको मौसम पूर्ण रूपमा सफा रहने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तत्काललाई वर्षा गराउने कुनै पनि बलियो प्रणाली सक्रिय नभएकाले आगामी केही दिन मौसममा ठूलो फेरबदल आउने सम्भावना न्यून रहेको छ।
तापक्रममा सामान्य गिरावट आउन थालेकाले बिहान र बेलुका चिसो महसुस हुन थालेको छ।
असोज ३०, २०८२ बिहीबार ०७:१४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।