विश्वकपमा छनोट भएपछि ‘कन्फिडेन्ट’ देखिए नेपाली ओपनर, ‘पावर प्ले’ मा ५३ रनको साझेदारी

काठमाडौं : आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली ओपनर ब्याटर ‘कन्फिडेन्ट’ देखिएका छन्। ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ सुरु गरिरहेको छ।
जारी खेलमा नेपालले ‘पावर प्ले’ मा बिना कुनै विकेट गुमाएर ५५ रन बनाएको छ। नेपालका तर्फबाट ओपनर आसिफ शेख र कुशल भुर्तेलले ब्याटिङ गरिरहेका छन्। हालसम्म शेखले २० रन बनाएका छन् भने भुर्तेलले ३२ रन बनाएका छन्।
जारी प्रतियोगितामा शीर्ष तीनमा पर्दै नेपाल र ओमानले टी-२० विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।
नेपालले ओमानविरुद्ध ब्याटर सन्दीप जोरालाई आज आराम दिएको छ। उनको स्थानमा लोकेश बमलाई मौका दिएको छ ।
नेपालको प्लेइङ-११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी , सन्दीप लामिछाने, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव र मोहम्मद आदिल अलाम छन्।
असोज २९, २०८२ बुधबार २१:१४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।