पेट्रोलको मूल्य २ रुपैयाँले घट्यो

पेट्रोलको मूल्य २ रुपैयाँले घट्यो

काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि नेपाल आयल निगमले पनि पेट्रोलको मूल्य घटाउने निर्णय गरेको छ।

निगमका अनुसार आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको हो। डिजेल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ।

अब पेट्रोलको नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १ सय ५९ रुपैयाँ, दोस्रो वर्गका सहर सुर्खेत र दाङमा १ सय ५८ रुपैयाँ, र पहिलो वर्गका सहर चारआली, विराटनगर, जनकपुर लगायतमा १ सय ५६ रुपैयाँ ५० पैसा कायम भएको छ।

असोज २९, २०८२ बुधबार २०:२६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।