सामोआमाथि यूएईको जित, नेपालले विश्वकप खेल्ने पक्का

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप खेल्ने भएको छ। ओमानमा जारी इस्ट-एशिया प्यासिफिक क्वालिफायरमा भर्खरै सम्पन्न खेलमा यूएईले सामोआलाई ७७ रनले पराजित गरेसँगै नेपालको विश्वकप यात्रा सुनिश्चित भएको हो।
यो सँगै नेपालले लगातार दोस्रो पटक आईसीसी टी-२० विश्वकपमा खेल्ने भएको हो। नेपालले पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको थियो। सुपर सिक्स चरणमा नेपाल र ओमान दुबैको ६ अंक रहेको छ। रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा।
आज हुने खेलमा नेपालले ओमानलाई पराजित गर्न सके शीर्ष स्थानमा उक्लिनेछ। सन् २०२६ मा हुने टी-२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्।
असोज २९, २०८२ बुधबार १९:४०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।