एनआईसी एसिया बैंकका ग्राहकका लागि एसियन बुद्ध होटलमा १५ प्रतिशत छुट

एनआईसी एसिया बैंकका ग्राहकका लागि एसियन बुद्ध होटलमा १५ प्रतिशत छुट

काठमाडौं : एनआईसी एसिया बैंकका ग्राहकले अब सिद्धार्थनगर, रुपन्देहीस्थित एसियन बुद्ध होटलमा विशेष छुट सुविधा पाउने भएका छन्। बैंक र होटलबीच हाल सम्पन्न सम्झौता अनुसार, बैंकका ग्राहकले उक्त होटलमा सेवा लिँदा डिजिटल भुक्तानी गरेबापत १५ प्रतिशत छुट प्राप्त गर्नेछन्।

ग्राहकले एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत भुक्तानी गर्दा छुट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।

यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै, डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न र नगदरहित कारोबारको संस्कृतिलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, यस सम्झौताले ग्राहक सेवामा थप सहजता र आकर्षण ल्याउने अपेक्षा गरिएको छ।

असोज २९, २०८२ बुधबार १९:०८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।