प्रधानमन्त्री  कार्कीद्वारा विपिन जोशीको मृत्युप्रति दुःख व्यक्त

प्रधानमन्त्री  कार्कीद्वारा विपिन जोशीको मृत्युप्रति दुःख व्यक्त

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको मृत्युप्रति दुःख व्यक्त गरेकी छन्।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले बन्धक मुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले एकदमै दुखद तुल्याएको बताइन्। 

साथै, उनले अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता जोशीको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेको बेला उनको मृत्युको खबरले दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको बताइन्। 

बन्धक हुनुपूर्वका अन्तिम क्षणमा जोशीले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौं साथीहरूको ज्यान बचाएको कुरा उनको बीरतापूर्ण कार्य र जीवनको सबैभन्दा ठूलो विरासत भएको पनि उनको भनाई छ।

असोज २९, २०८२ बुधबार १५:१५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।