चितवनको दाना उद्योगमा पर्खाल भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

चितवनको दाना उद्योगमा पर्खाल भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

चितवन : पूर्वी चितवनको रत्ननगर-१२ स्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, आज (मंगलबार) बिहान करिब ९:५० बजे उद्योगको चार नम्बर भित्तो भत्किएको हो।

प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार, घटनामा घाइते भएका पाँचै जनालाई तत्काल उद्धार गरी चितवन मेडिकल कलेज पुर्याइएको थियो।

उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा खैरहनी नगरपालिका-२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर-१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेका छन्।

घाइते हुनेहरूमा पर्साका ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु रहेका छन्। उनीहरूको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

असोज २९, २०८२ बुधबार १३:३१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।