काठमाडौं, मोरङ र म्याग्दीमा तीन जना मृत फेला

काठमाडौं : देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन्। प्रहरीले सबै घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
काठमाडौंको तारकेश्वर नगरपालिका-४, लोलाङ हाइटस्थित आफ्नै डेरामा ५५ वर्षीय आफुल महर्जन मंगलबार मृत अवस्थामा फेला परेका छन्। उनको स्थायी ठेगाना काठमाडौं महानगरपालिका-१३, बसन्तपुर हो।
यस्तै मोरङको जहदा गाउँपालिका-५, केवरतटोलका ६० वर्षीय सतन महतो घर नजिकैको पोखरीमा मंगलबार मृत भेटिएका छन्।
त्यसैगरी म्याग्दीको मालिका गाउँपालिका-६, छ्याछ्यारेस्थित दरवाङ म्याग्दी खोला हाइड्रोपावरको सुरुङबाहिर एक व्यक्तिको शव फेला परेको छ।
मृतक सोही गाउँपालिकाको उपल्लो दरवाङका ६२ वर्षीय सुबिलाल केसी रहेको र उनी बुधबार मृत भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले तीनवटै घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान गरिरहेको छ।
असोज २९, २०८२ बुधबार १२:१५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।