सुनको मूल्यमा नयाँ कीर्तिमान, चाँदी भने घट्यो

काठमाडौं : बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ भने चाँदीको मूल्य भने घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर २ लाख ४८ हजार ९०० रुपैयाँमा पुगेको छ।
यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो। मंगलबार सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेको छ। महासंघका अनुसार, बुधबार चाँदी प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो, जुन त्यस दिनसम्मको कीर्तिमानी मूल्य थियो।
नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा निर्धारण हुने गर्दछ।
असोज २९, २०८२ बुधबार ११:४६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।