सभामुखले बोलाएको छलफलमा सहभागी नभएको रास्वपालाई प्रश्न- निम्तो नआको कि नगाको?

सभामुखले बोलाएको छलफलमा सहभागी नभएको रास्वपालाई प्रश्न- निम्तो नआको कि नगाको?
फाइल तस्बिर

काठमाडौं : सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे दलहरूसँग गरेको परामर्शमा परामर्श गरेका छन्। तर, उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अनुपस्थित रह्यो।

सभामुखको कार्यालयबाट निम्तो नआएर रास्वपा सहभागी नभएको हो कि भन्ने प्रश्नमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले निम्तो आएको तर आफ्नै पार्टीको बैठकका कारण जान नभ्याएको बताएका छन्।

उनले पार्टीको सचिवालय बैठकको तयारीमा व्यस्त रहेको र सभामुख कार्यालयबाट आएको निमन्त्रणाबारेको सूचना पनि ढिलो प्राप्त भएको बताए।

‘निमन्त्रणा त आएको थियो। तर आज हाम्रो पार्टी सचिवालयको बैठक पनि छ,’ उनले उकेरासँग भने, ‘त्यसको तयारीमा व्यस्त भयौँ। कार्यसूची पनि त्यति स्पष्ट थिएन र सूचना पनि अलि ढिलो गरी आयो। त्यसैले यता हाम्रै काममा बढी लाग्यौं।’

सभामुख घिमिरेले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका तत्कालीन प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका थिए।

पछिल्ला दिनमा प्रमुख दलहरू आन्तरिक बैठकमा व्यस्त रहेका बेला सभामुखले परामर्श गरेका हुन्।

असोज २९, २०८२ बुधबार ११:०४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।