प्रोटोनको बजार विस्तार : बुटवलमा नयाँ शोरुम सञ्चालन, १५ वटा ईभी एकैसाथ डेलिभरी

बुटवल : जगदम्बा मोटर्सले आफ्नो विद्युतीय गाडी (ईभी) ब्रान्ड प्रोटोन इमासको आधिकारिक शोरुम बुटवलमा सञ्चालनमा ल्याएको छ।
पश्चिम नेपालमा आफ्नो बजार विस्तार गर्ने योजनाअनुसार कम्पनीले यो नयाँ 'थ्रीएस' (सेल्स, सर्भिस र स्पेयर पार्टस्) सुविधासहितको शोरुम खोलेको हो।
शोरुम उद्घाटनको अवसरमा कम्पनीले १५ वटा 'प्रोटोन इमास' गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ।
दशैँअघि १० युनिट र उद्घाटन कार्यक्रममा थप ५ युनिट डेलिभरी गरिएको कम्पनीले जनाएको छ, जसले यस क्षेत्रमा प्रोटोन ईभीप्रति ग्राहकको आकर्षण बढेको सङ्केत गर्छ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद आर्यालले एक कार्यक्रमका बीच शोरुमको उद्घाटन गरे। कार्यक्रममा स्थानीय व्यवसायी, प्रतिष्ठित व्यक्तिहरू र सञ्चारकर्मीहरूको उपस्थिति थियो।
बुटवलमा खोलिएको यस शोरुमको व्यवस्थापन स्थानीय डिलर बालाजी ई-अटोमोबाइल्सले गर्नेछ।
कार्यक्रममा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, ‘बुटवलमा नयाँ शोरुम खोल्नु नेपालका हरेक परिवारसम्म उन्नत र भरपर्दो ईभी पुर्याउने हाम्रो प्रतिबद्धताको हिस्सा हो। पश्चिम नेपालका ग्राहकबाट पाएको विश्वासले हामीलाई उत्साहित बनाएको छ।’
कम्पनीका अनुसार, उद्घाटन अघि नै गाडी बुक गरेका ग्राहकहरूको उत्साह उल्लेखनीय रहेको र उनीहरूका अनुभवले नयाँ बुकिङका लागि समेत प्रेरणा मिलेको थियो।
असोज २९, २०८२ बुधबार ०७:५३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।