मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, बुधबार ४ बजेसम्मको समय

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, बुधबार ४ बजेसम्मको समय

जनकपुर : मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संंविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि भोली (बुधबार) अपराह्न ४ बजेसम्म दलहरुलाई आह्वान गरेकी हुन्।

केही दिन पहिला नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा प्रसाद यादवले जनमत र एमाले सँगको गठबन्धनमा आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि प्रस्ताव पेश गरिसकेका छन्।

भोलि बुधबार ४ बजेसम्म अन्य कुनै दलले दाबी पेस नगरेका खण्डमा कांग्रेसको नेतृत्वमै सरकार बन्ने देखिएको छ।

आजै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भनेकोमा उनले प्रदेश सभा बैठकमै राजीनामा दिएको घोषणा गरेका थिए। उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरिसकेकी छन्। 

असोज २८, २०८२ मंगलबार १९:४७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।