निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली दर्ता गर्नेहरू बढे

निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली दर्ता गर्नेहरू बढे

रौतहट : रौतहटमा ४ लाख भन्दा बढीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन्।

 जिल्ला निर्वाचन कार्यालय गौरमा अहिले दुई वटा स्टल राखेर मतदाता परिचय पत्रको लागी फोटो सहितको मतदाता नामावली दर्ताको कार्य भइरहेको छ। रौतहटको चार निर्वाचन क्षेत्रमा ४ लाख २१ हजार ६ सय ९३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताए।

उनका अनुसार पुरुष २ लाख ३१ हजार ४ सय ३ र महिला एक लाख ९० हजार २ सय ८९ र तेश्रो लिंगी एक जना छन्। नेपाल सरकारले २०८२ फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ।

निर्वाचनको मिति घोषणा भएपछि असोज १० देखि २७ गते सम्म रौतहटमा पुरुष ४ सय ९ र महिला १ सय ९७ गरी ६ सय ६ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गरेको उनले जानकारी दिए।

उनले २०७९ सालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि ६ हजार २ सय मतदाता थपिएको बताए। निर्वाचन आयोगको केन्द्रीय निर्देशन अनुसार नै कार्यालयले काम अघि बढाएको उनले उल्लेख गरे।

असोज २८, २०८२ मंगलबार १८:३९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।