मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन्।
आज बसेको प्रदेश सभाको बैठकमा सिंहले विश्वासको मत लिने भनिएकोमा उनले मार्गप्रशस्त गर्दै राजीनामा दिएको घोषणा गरेका छन्।
सो पश्चात सभामुख रामचन्द्र मण्डलले उनलाई राजीनामा लिखित रुपमा प्रदेश प्रमुख कार्यालयलाई बुझाउन निर्देशन दिएका छन्।
यो सँगै अब मधेश प्रदेशमा नयाँ सरकार निर्माण गर्ने ढोका खुलेको छ।
असोज २८, २०८२ मंगलबार १५:२९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।