बुढानिलकण्ठमा कुटिएका देउवा ३४ दिनपछि सार्वजनिक, सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरू

बुढानिलकण्ठमा कुटिएका देउवा ३४ दिनपछि सार्वजनिक, सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरू

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि सार्वजनिक भएका छन्।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणमा परेर घाइते भएका देउवा स्वास्थ्यलाभपछि सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सार्वजनिक भएका हुन्।

आज दिउँसो पार्टी कार्यालय सानेपामा सुरू भएको बैठकमा देउवा स्वयं उपस्थित भई केन्द्रीय सदस्यहरूलाई हालको राजनीतिक स्थिति र पार्टीको आगामी रणनीतिबारे सम्बोधन गर्दै छन्।

गत भदौ २४ गतेको प्रदर्शनका क्रममा कुटपिटबाट घाइते भएपछि देउवा दम्पती लामो समयदेखि विश्राममा थिए।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, जेनजी आन्दोलनपछिको परिस्थिति, संगठन सुदृढीकरण र आगामी नीति कार्यक्रमबारे छलफल हुने बताइएको छ।

असोज २८, २०८२ मंगलबार १४:२६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।