सामसङको नयाँ अफर, स्मार्टफोन किन्दा वाच र बड्समा ५३ प्रतिशतसम्म छुट

काठमाडौं : सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ ‘मल्टी-बाइ’ अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत, सामसङका नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले ग्यालेक्सी वाच र बड्स जस्ता वेयरेबल उत्पादनहरूमा ५३ प्रतिशतसम्मको विशेष छुट पाउनेछन्।
सीमित अवधिका लागि ल्याइएको यो अफर सामसङका फ्ल्यागशिप, ए-सिरिज तथा एम-सिरिजका स्मार्टफोन खरिदमा लागू हुनेछ।
कम्पनीका अनुसार, यो अफरको मुख्य उद्देश्य प्रयोगकर्ताहरूलाई ग्यालेक्सी वाच र बड्ससँग जोडेर एक पूर्ण ‘ग्यालेक्सी इकोसिस्टम’ को अनुभव प्रदान गर्नु हो।
यस अफरबारे सामसङ नेपालका एमएक्स निर्देशक प्रणय रत्न स्थापितले भने, ‘अफरमार्फत हामी ग्राहकहरूलाई स्मार्ट हेल्थ ट्र्याकिङदेखि सिमलेस कम्युनिकेसनसम्मको अनुभव एउटै इकोसिस्टमभित्र दिलाउन चाहन्छौँ।’
ग्राहकहरूले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित ‘सामसङ इन्स्टा फाइनान्स’ सेवामार्फत शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) मा यी उपकरणहरू खरिद गर्न सक्नेछन्। यसका लागि नागरिकताको प्रमाणपत्र मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ।
यो अफर नेपालभरका अधिकांश सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध छ। छुट प्राप्त गर्नका लागि ग्राहकले सामसङको आधिकारिक वेबसाइटमा गई नजिकको रिटेलर छनोट गरी दर्ता गरेर दुई हजार रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्नेछ।
त्यसपछि मात्र प्रमाणीकरणपछि प्राप्त भएको ओटीपी कोडसहित ७ दिनभित्र छनोट गरिएको रिटेलरकहाँ सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
असोज २८, २०८२ मंगलबार १३:५२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।